रोपाइँको मुखमा मल अभाव हुँदा किसान चिन्तित, भन्छन्- कृषिप्रधान देशको सरकार किसानउन्मुख भएन

तस्बिरः नेपाललाइभ

भैरहवा- वर्षायाम सुरु हुँदैछ। धान खेतीका लागि किसानहरु तयारीमा जुटेका छन्। मानो छरेर मुरी उब्जाउनका लागि किसानहरु यतिबेला अधिकांश समय खेतबारीमा भेटिन्छन्।

तर, यहि समय प्रचण्ड गर्मी छ। उल्लेख्य वर्षा भएको छैन। नदीनालाहरुमा पानीको बहाव बढेको छैन। धानको बिउ छरिएको खेत चिराचिरा परेको छ। कतिपय किसानहरु ट्यांकरमा पानी ल्याएर पनि धानको बिउ राखिरहका छन्।

अर्कातर्फ यही समयमा मलको चरम अभाव छ। कृषिप्रधान देश भनेर चिनिने नेपालमा सरकार किसानउन्मुख भएन भन्ने गुनासो किसानको छ।

रुपन्देहीको ओमसतिया गाउँपालिका-६, नरयानापुरका कृषक धर्मदेव धवलले गुनासो पोखे, 'किसानको पीडा बुझ्ने देशमा कोही भएन।' धानको रोपाइँ गर्नुपर्ने बेलामा जिल्लाभर डिएपी मलको चरम अभाव छ।

'धान रोपाइँको बेला आयो, यतिबेला हामीलाई डिएपी मलको निकै आवश्यकता छ,' धवलले भने, 'तर न त हामीजस्ता किसानले आवश्यक मल पाएका छन्, न त बिउविजन र सिँचाइको प्रबन्ध नै।'

प्रकाशित मिति: : 2019-06-13 10:34:39

प्रतिकृया दिनुहोस्