कैलालीका हुरी पीडितको पीडाः राहतमा एकथान त्रिपाल, स्थानीय सरकार भन्छन्, 'लगत संकलन भइरहेको छ

महेन्द्र बम

कैलालीः बिहीबार बेलुका खाना खाने तयारी गरिरहेकै बेला एक्कासी हावाहुरी आयो। हुरीले घरमा भएको खाद्यान्न, लत्ताकपडा र घरको छानो पनि बाँकी राखेन। खाद्यान्न पनि नरहेपछि के खाने, उडेको घरमा कसरी बस्ने, ओढ्ने बिछ्याउने कपडा नै नभए पछि के लगाउने?

धनगढी उपमहानगरपालिका वडा नम्बर १५ की सीतादेवी चौधरीको यो पीडा कायमै छ। चौधरीमात्र हैन अन्य हुरी पीडित नागरिकको अवस्था पनि यस्तै छ।

हावाहुरीले उनको घरमा ठूलो भौतिक क्षति गर्‍यो। समयमै सचेतना अपनाउँदा मानवीय क्षति भने हुन पाएन। तर उनलाई त्यसपछिको कठिन परिस्थितिले बाँच्न पनि मुस्किल पारिदिएको छ। अहिलेको अवस्था हेर्दा स–परिवारै उडाइदिएको भए पनि हुने भन्ने उनको मनमा बेला-बेलामा चल्छ।

प्रकाशित मिति: : 2019-06-12 12:52:26

प्रतिकृया दिनुहोस्