नेपाली बालकलाई यौन दुराचार गर्ने राष्ट्रसंघका पूर्व वरिष्ठ कर्मचारी दोषी ठहर

पिटर जोहन डलगलस

नेपालस्थित अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) तथा अफगानिस्तानस्थित युएन ह्याबिट्याटको कन्ट्री रिप्रेजेन्टेटिभ भइसकेका क्यानेडियन नागरिक पिटर जोहन डालग्लिसलाई काभ्रे जिल्ला अदालतले यौन दुराचारमा दोषी ठहर गरेको छ।

न्यायाधीश अर्जुन अधिकारीको इजालसले सोमबार कसुरमा दोषी ठहर गर्दै संहिताअनुसार सजाय फैसला असार २३ मा सुनाउने निर्णय गरेको अदालतका श्रेष्तेदार ठाकुर त्रितालले नेपालखबरलाई बताए।

विश्वका गरिब र युद्धग्रस्त देशका सडक तथा युद्ध प्रभावित बालबालिका संरक्षकका रुपमा चिनिएका डालग्लिस २०७५ चैत तेस्रो साता काभ्रेबाट यौन दुराचार अभियोगमा पक्राउ परेका थिए। त्रितालका अनुसार उनी हाल पुर्पक्षका लागि धुलिखेल कारगारमा छन्।

प्रकाशित मिति: : 2019-06-12 12:42:31

प्रतिकृया दिनुहोस्