जो पनि प्रतिस्पर्धामा आउन सक्नुहुन्छ, म तयार छु : कुमार पन्त

गैरआवासीय नेपाली संघ (एनआरएन) को ९ औं विश्व सम्मेलन आगामी अक्टोबरमा काठमाडौंमा हुने तय गरिएको छ। सम्मेलन आउन करिब ५ महिना बाँकी रहँदै गर्दा अध्यक्षका प्रत्यासी कुमार पन्त अहिले आफ्नो पक्षमा माहोल बनाउन सक्रिय छन्। चुनावी तयारीबारे आफू निकटकासँग भेटघाट र छलफलमा व्यस्त रहँदै गर्दा फणिन्द्र भट्टराईले कुमार पन्तसँग गरिएको कुराकानीको सम्पादित अंशः

एनआरएन विश्व सम्मेलन नजिकिँदै गर्दा तपाईं केमा व्यस्त हुनुहुन्छ ?

पहिलो चरणमा एनआरएनप्रति आम बुझाई र एनआरएनले लिनुपर्ने एजेण्डाबारे साथीहरुसँग छलफल भइरहेको छ। मुलतः अहिले एनआरएनए कता गइरहेको छ भन्नेबारेमै बहस केन्द्रित हो । एजेण्डाको विषयमा स्पष्ट खाका आइसकेपछि नेतृत्वको विषयमा पनि स्वभाविक चासो भइ नै हाल्छ।

एनआरएनले आफ्नो १६ वर्षे इतिहासमा संगठन विस्तार गर्ने काम सक्यो। संसारभर रहेको सबै नेपालीले एनआरएनए साझा संस्था हो भन्ने स्वीकार गर्न सक्ने अवस्था बनेको छ। यति ठूलो जमातले विश्वास गरेको शक्तिलाई गैरआवासीय नेपालीको हितमा र नेपालको समृद्धिको पक्षमा अधिकतम उपयोग गर्नु अहिलेको आवश्यकता हो।  त्यसलाई सम्बोधन गर्नेगरी एनआरएनएको एजेण्डा आउनुपर्छ भन्ने हाम्रो भनाई हो। गैरआवासीय नेपालीको हितमा काम गर्न सक्ने, नेपालको समृद्धिको पक्षमा ठोस योजना ल्याउने सक्ने व्यक्ति चयन गरी संस्थालाई अगाडि बढाउनु पर्छ भन्ने हो। यसमै अहिले लागि परिरहेको छु।

प्रकाशित मिति: : 2019-06-12 09:50:56

प्रतिकृया दिनुहोस्