‘गरिब बाबुआमाका जेहेन्दार छोराछोरी हौँ, हाम्रो घाँटी ननिमोठ’

लक्ष्मी पौडेल

काठमाडौं : दैलेखबाट पढ्न काठमाडौं छिरेकी सीता मल्ल मंगलबार दिउँसो टन्टलापुर घाममा छाता ओडेर हातमा प्लेकार्ड बोकेर माइतीघर मण्डलामा देखिइन् । उनी जस्तै अरु थुप्रै विद्यार्थीले प्लेकार्ड बोकेका थिए ।  लोकसेवा तयारी तदर्थ संघर्ष समितिको व्यानरमा माइतीघरमा भेला भएका विद्यार्थीको नाराबाजी सुरु भयो । नारासहितजको जुलुस माइतीघरबाट बानेश्वरतर्फ अघि बढ्यो। फेरि बानेश्वरबाट माइतीघरमै फर्कियो बेरोजगार युवाहरुको जुलुस। सोमबार राज्यव्यवस्था तथा सुशासन समितिले जेठ १५ मा लोक सेवा आयोगले खोलेको कर्मचारी भर्नासम्बन्धी विज्ञापन रद्द गर्न निर्देशन दिएपछि सरकारी जागिरको सपना बोकेर काठमाडौँ छिरेको ठुलो युवापंक्ति निराशसँगै आक्रोशित छ। संसदीय समितिले स्थानीय तहमा तत्कालका लागि करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएपछि लोकसेवा परिक्षाको तयारी गरिरहेका सीता जस्ता सयौं विद्यार्थी सडकमा उत्रिएका हुन् । ‘गाउँबाट पढ्न र सरकारी जागिर खान भनेरै राजधानी छिरेकी हुँ, हाम्रा गरिब बाआमाले ठुलो खर्च गरेर पढाए’, सीताले आक्रोशित हुँदै भनिन्, ‘अहिले आफ्नो क्षमताले गरेर खाने बेलामा यस्तो राजनीति ?’ 

प्रकाशित मिति: : 2019-06-11 14:46:36

प्रतिकृया दिनुहोस्