मकवानपुरदेखि काठमाडौं आइपुग्दा तरकारीको मूल्यमा ४ सय प्रतिशतसम्म वृद्धि

नेपाल लाइभ

काठमाडौं- जेठको पहिलो साता काठमाडौं उपत्यकामा गोलभेडाको मूल्य ह्वात्तै बढ्यो। उपत्यकाको सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार मानिने कालिमाटीमा नै गोलभेडाको खुद्रा मूल्य ९५ रुपैयाँदेखि १ सय १० रुपैयाँसम्म पुग्यो।

मूल्य बढ्नुमा भारतीय लोकसभा चुनाव र सोही कारण नेपालमा भारतबाट गोलभेडा नआउनुलाई जिम्मेवार ठानियो। कालिमाटी तरकारी बजारलगायत सरकारी निकायले पनि मूल्य बढ्नुको कारण भारतबाट सामान नआउनु नै हो भनेर तथ्य पेस गरे। सोही समयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मकवानपुर, धादिङ, र काभ्रेपलाञ्चोकमा पुगेर तरकारीको मूल्य अध्ययन गर्दा भने फरक तथ्य फेला पारेको छ। 

विभागले गरेको तीन जिल्लाका सबैभन्दा बढी तरकारी उत्पादन हुने र बेच्नका लागि काठमाडौं उपत्यकामा पठाइने स्थानमा गएर मूल्य अध्ययन गरेको थियो। विभागको तीन वटा टोलीले जेठ ९ र १० गते तीन जिल्लामा पुगेर त्यहाँ किसानले उत्पादन गरेको तरकारीको पाउने मूल्य र कालिमाटी फलफूल तथा तरकारी बजार समितिसम्ममा आइपुग्दाको मुल्य विश्लेषण गरेको थियो। 

प्रकाशित मिति: : 2019-06-11 14:40:37

प्रतिकृया दिनुहोस्