व्यस्त कार्यालय, सुस्त कर्मचारी

कार्यालय समयमा सुतिरहेका कर्मचारी र सेवाग्राहीकाे भीड । तस्बिर : अन्नपुर्ण

वीरगन्ज : आइतबार बिहान १० बजे हामी वीरगन्ज महानगरपालिका पुग्यौं। सेवाग्राही कर्मचारीलाई पर्खिरहेका थिए। महानगरको अधिकांश फाँटमा कर्मचारी आइपुगेका थिएनन्। खुर्सी रित्तै थिए। कार्यालय प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत बिदामा थिए। उनको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या विकास महाशाखाका प्रमुख अरुणकुमार महतोले सम्हालेका छन्। तर, निमित्त प्रमुख महतो आफैं १० बजेर ३५ मिनेटमा कार्यकक्षमा प्रवेश गरे।

कार्यालय रित्तै पारेर भ्रमण

अन्य फाँटका कर्मचारीलाई समयमै कार्यालय आउन कुनै हतार देखिएन। सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखामा देखिएको ६ वटा टेबलमा एउटा पनि कर्मचारी थिएनन्। शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णको कक्ष पनि खाली थियो। उनी विद्यालयको कार्यक्रममा गएका रहेछन्।

प्रकाशित मिति: : 2019-06-11 07:28:16

प्रतिकृया दिनुहोस्