नेपाली युवाको कारुणिक अमेरिका यात्रा

दाङको तुल्सीपुरस्थित रजौरका एक युवालाई करिब तीन वर्षअघि कसैले सपना बाँड्यो – ३० लाख रुपैयाँ खर्च गरे अमेरिका पुगिन्छ। विज्ञान संकायमा प्लस टु उत्तिर्ण ती युवा रमन अधिकारी (नाम परिवर्तन) सपना देख्‍न थाले- अमेरिका पुगेर सम्पन्न जिवन बाँचिरहेको, प्रशस्त पैसा कमाएर चाहेको इच्छा पूरा गरिरहेको।

अनि कुरा गरे परिवारसँग अमेरिका उड्नेबारे। परिवारका एकमात्र छोराको जिद्धिलाई जित्न सकेनन् अभिभावकले। त्यसरी सपना बाँड्ने गाउँकै चिनेजानेको भएकाले छोराको ‘अमेरिका सपना’लाई पूरा गर्न लागिपरे अभिभावक। दाङकै एक चर्चित राजनीतिकर्मी पनि यसरी अमेरिका पुर्‍याउने समूहको सदस्य रहेको र यसअघि धेरै जना अमेरिका पुर्‍याएको तथ्य थाहा पाए।

अनि गिरोहलाई विश्वास गर्दै जिम्मा लगाए रमनलाई। भारतको बाटो हुँदै जानुपर्ने बताईएको थियो। भारतबाट रमनले जमिन छाड्नुअघि गिरोहले २० लाख रुपैयाँ हात पारिसकेको थियो । भारतको नयाँ दिल्लीबाट हवाई मार्ग हुँदै यूएइको आबुधावी पुगे। आबुधावीको केही दिनको बसाइपछि रमनलाई भनियो- तिम्रो ब्राजिलको टिकट छ। अब ब्राजिल उड्नुपर्छ।

 

प्रकाशित मिति: : 2019-06-10 09:18:04

प्रतिकृया दिनुहोस्