ओलीको नवौं विदेश यात्रा: युरोप भ्रमण आवश्यकता कि रहर?

अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)को कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली शनिवार युरोप प्रस्थान गरेपछि उक्त भ्रणमबारे विभिन्न खाले टिकाटिप्पणी हुन थालेका छन्।

कतिपयले प्रधानमन्त्री ओलीको उक्त भ्रमणले अन्तर्राष्ट्रिय जगत्‌मा नेपालको उपस्थितिलाई थप बलियो बनाउने टिप्पणी गरिरहेका छन् त कसैले चाहिँ पर्याप्त कूटनीतिक तयारी विनै भ्रमण भएको भन्दै आलोचना गरेका छन्।

झण्डै दुई तिहाई बहुमतका साथ २०७४ फागुनमा प्रधानमन्त्रीका रूपमा सत्तारोहण गरेयता ओलीको यो नवौँ विदेश भ्रमण हो।

यस अवधिमा उनले छिमेकी मुलुकहरू भारत र चीन सहित चार देशमा राजकीय भ्रमण गरे भने अन्य भ्रमणहरू विभिन्न कार्यक्रममा सहभागी हुनका लागि गरिएका थिए।

 

प्रकाशित मिति: : 2019-06-10 08:16:23

प्रतिकृया दिनुहोस्