शौचालय ठानेर उड्न तयार जहाजको आपतकालिन ढोका खोलेपछि....

जेठ २६, २०७६

म्यानचेस्टर : बेलायतको म्यानचेस्टर एयरपोर्टमा शनिबार एक महिलाले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को विमानमा रहेको  इमरजेन्सी गेट खोलिदिइन्। ती महिलाले इमरजेन्सी गेटलाई शौचालय ठानेर त्यसो गरेकी थिइन्। यस घटनाका कारण त्यो जहाज ७ घण्टा ढिलो उड्न सक्यो।

पीआईएका अनुसार जहाज म्यानचेस्टरबाट इस्लामाबादका लागि उड्ने तयारीमा थियो। घटना जब भयो तब पीके ७०२ जहाज रनवेमा उड्ने तयारीमा थियो। एक महिलाले गल्तीले शौचालय ठानेर इमरजेन्सी गेटको बटन दबाइदिइन्।

प्रकाशित मिति: : 2019-06-10 05:59:09

प्रतिकृया दिनुहोस्