सिंहदरबारकै बगैंचा बेस्याहार (तस्बिरसहित)

देशको ऐतिहासिक तथा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सरकारले हरियाली र सौन्दर्य बढाउन बर्सेनि बिरुवा रोपे पनि बगैंचा व्यवस्थित गर्न सकेको छैन। प्रधानमन्त्री केपी ओलीले एक वर्षअघि विश्व वातावरण दिवसमा ‘एक नेपाली एक फलफूलका विरुवा’ अभियानअन्तर्गत सिंहदरबारबाट बिरुवा रोप्ने अभियान थाले। सिंहदरबारभित्र गत वर्ष ४ सय बिरुवा रोपिएको थियो।

यस वर्ष पनि सरकारले यसलाई निरन्तरता दिएको छ। प्रधानमन्त्रीले यस वर्ष एभोकाडोको बिरुवा रोपेर अभियान सुरुवात गरे। सिंहदरबारभित्र एभोकाडाका ६४ बिरुवा रोपिएको छ। फलफूल लगाएर हरियाली प्रवद्र्धन गर्ने अभियान सरकारले थाले पनि आँखासामुका बगैंचाको स्याहार र संरक्षणमा ध्यान दिन सकेको छैन।

प्रकाशित मिति: : 2019-06-09 12:08:11

प्रतिकृया दिनुहोस्