कैलालीबाट ९६ किलोमिटर प्रतिघन्टा गतिमा आएको हावाहुरीले काठमाडौंको धुलो सिनित्तै

तस्बिरः सेतोपाटी

बिहीबार साँझ सुदूरपश्चिमका कञ्चनपुर र कैलालीमा अचानक हावाहुरी आयो। साँझ साढे सात बजेपछि आएको हावाहुरीले दुई जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्।

तीमध्ये ८० जना उपचार गरेर घर फर्किएका छन् भने १८ जनाको अहिले अस्पतालमा उपचार भइरहेको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन सञ्चालन केन्द्रले जनाएको छ।

धनगढीवासीले  बिहीबार साँझ भोगेको हावाहुरी शुक्रबार झिसमिसेमै काठमाडौं आइपुग्यो।

त्यो हावाहुरीको काठमाडौं आवागमन मौसम पूर्वानुमान महाशाखाले अनुमानविपरीत थियो।

कैलालीको टीकापुर आसपासमा ९६ किलोमिटर प्रतिघन्टाको गतिमा रहेको हावाहुरी पूर्व आउँदा बिस्तारै घटेको थियो।

महाशाखाले हावाहुरी तराईंको बाटो हुँदै जाने पूर्वानुमान गरेको थियो।

प्रकाशित मिति: : 2019-06-07 11:34:31

प्रतिकृया दिनुहोस्