काठमाडौं : रासायनिक मल अभाव भएपछि किसान मर्कामा परेका छन्। चर्को घाममा दिनभर लाम बस्दा पनि मल खरिद गर्न नपाएपछि विभिन्न जिल्लामा किसान आन्दोलित भएका छन्।  पहाडी भेगमा जेठ अन्तिम साता र तराईमा असार पहिलो सातादेखि धान रोपाइँ सुरु हुन्छ। धानबालीका लागि तत्काल करिब एक लाख १० हजार टन युरिया र ६० हजार टन डीएपीको माग छ। सरकारले सबै प्रक्रिया पूरा गरेर मल भित्र्याए पनि युरिया ३० हजार र डीएपी २० हजार टन अपुग छ। 

 

प्रकाशित मिति: : 2019-06-07 10:38:53

प्रतिकृया दिनुहोस्