नेपाल-चीनबीच तीन समझदारी पत्रमा हस्ताक्षर (भिडियोसहित)

नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता सोमबार होटल याक एण्ड यतिमा हुँदै । वार्तामा नेपालको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनको तर्पmबाट विदेशमन्त्री वाङ यीले गर्नुभएको छ । तस्वीरःनवीन पौडेल

नेपाल र चीनबीच तीन वटा सम्झौतामा हस्ताक्षर भएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीको उपस्थितिमा नेपाल र चीनका अधिकारीहरुले ३ विषयको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सोमबार हस्ताक्षर भएका सम्झौतामा चीनले नेपालमा अस्पताल निर्माण गर्नेदेखि आपतकालीन अवस्थामा उपयोग गर्ने गरी ५ हजार थान टेन्ट (त्रिपाल) उपलब्ध गराउने विषय समावेश छन्।

समझदारी अनुसार चीनले मनाङमा ३५ करोड ६० लाख लागतमा अस्पताल बनाउने सहमति भएको छ।

त्यस्तै, चिनियाँ पक्षले आपतकालीन सेवाका लागि गृह मन्त्रालयलाई ५ हजार टेन्ट उपलब्ध गराउने समझदारीमा पनि हस्ताक्षर भएको छ।

चीनले बाढी प्रभावित नागरिकलाई १ करोड ६० रुपैयाँ सहयोग गर्ने समझदारी पनि भएको छ।

सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सचिव राजन खनाल र चीनको तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईसीडीए)का उपाध्यक्षले हस्ताक्षर गरे ।

नेपाल र चीनबीच भएको अर्को सम्झौता चीनले नेपालमा स्वयंसेवक परिचालन गर्ने सम्बन्धमा छ । उक्त सम्झौतामा उल्लेख भएअनुसार नेपालका विभिन्न विद्यालय तथा शैक्षिक प्रतिष्ठानहरुमा चिनियाँ भाषा पढाउने छन् ।

प्रकाशित मिति: : 2019-09-09 18:26:37

प्रतिकृया दिनुहोस्