खबरदार! यो रिङ्गरोड हो, मर्न आफैले गल्ती गर्नु पर्दैन

तस्बिरः देश सञ्चार

टेश्वबाट कलंकी तर्फ बिस्तारित चक्रपथ मार्फत जाँदा धोबिघाटको आकाशेपुल कटेपछि थोरै ओरालो आउँछ। यही बाटोको बिचको लेनको बायाँतर्फ ठूलो साइन बोर्डमा लेखिएको छ, ‘बिस्तारै हाक्नुहोस्’ ।

चीन सरकारको सहयोगमा पाँच वर्षमा तयार भएको ८ लेनको कोटेश्वर–कलंकी सडक उद्घाटन भएको एक वर्ष बित्यो । साँघुरो बाटोमा घिचिक्क–घिचिक्क गर्दै गुड्ने सवारी साधनले ठूलो बाटो भएसँगै आफूले स्वतन्त्र भएको महशुस गर्छन् क्या रे, बेस्सरी हुइकिँदा बोर्डमा लेखिएको ‘बिस्तारै हाक्नुहोस्’ मा उनीहरुको आँखा नै पुग्दैन। अनि हुन्छ अकल्पनीय दुर्घटना।

२०७६ जेठ १९ गते,

मेघा अस्पातलको ठ्याक्कै अगाडि दिउँसो ३ बजेर २८ मिनेट जाँदा अकल्पनीय घटना भयो। एक्सन चलचित्रको सीन जस्तै। कलंकी तर्फ जाँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कर्पियो हुत्तिएर आयो। कलंकीबाट कोटेश्वर तर्फका लागि छुटेको बा ११ च ८९४९ नम्बरको सुमोलाई ठक्कर दियो।

सुमो पछाडि महेन्द्रा बुलेरो चलाएका ड्राइभर हाउभाउसहित भन्दै थिए, ‘मेरो अगाडि सुमो फनन घुम्यो, मैले ब्रेक लगाएर दुई हातले आँखा छोपे। एकछिन पछि लाग्यो ‘म जिउँदै छु ?’ लेन डिभाइडरमाथि पुगेर बल्खुपट्टि नै फर्किएको सुमोदेखेपछि मैले विश्वास गरे बल्ल ‘म जिउँदै छु।’
उनले सुमो ठोक्ने गाडीको हालबारे सोच्न नभ्याउँदै थाहा पाए, गाडीले बाइकलाई हान्यो। हत्तपत्त गाडीको ढोका खोलेर बाहिर हेर्दा पल्सरको बाइकको पेट्रोल बाटोमा बग्दै थियो। एक जना बाटोमा घोप्टे अनि अर्का उत्तानो परेका थिए।

प्रकाशित मिति: : 2019-06-04 15:21:31

प्रतिकृया दिनुहोस्