उता जयशंकर यता ‘भयशंकर’

तस्बिरः एजेन्सी

काठमाडाैं । भारतका पूर्वविदेश सचिव सुब्रमण्यम जयशंकर केही दिनअघि गठित त्यहाँको मन्त्रीमण्डलमा विदेशमन्त्री नियुक्त भएपछि नेपालमा तरङ्गै उत्पन्न भयो । हुनत, अहिले सरकारले उनलाई नेपाल भ्रमणको निम्तोसमेत दिइसकेको छ । मानिसहरुले ठट्टा गर्दै उता जयशंकर आएपछि यता ‘भयशंकर’हरु तर्सिएको अर्थ लगाइरहेका छन् ।

भयशंकर भन्ने शब्द नेपाली बृहत् शब्दकोषमा त छैन तर जनबोलीका रुपमा ठट्टा गर्दै यता डराउनेहरुलाई सर्वसाधारणले संकेत गरेका होलान् । 

क्तिकारलाई भने भारतमा जयशंकर विदेशमन्त्री बन्नु  कुनै अनौठो लागेको छैन । व्यक्ति जयशंकरभन्दा पनि उनी  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतको रुपमा २०७२ सालमा नेपाल आएका हुन् । उनले आफ्नो सरकारको नीति इमानसाथ पूरा मात्रै गरेका हुन् । सरकारको नीतिलाई प्रवद्र्धन गरेकै कारण उनलाई मोदीले उनलाई पत्याएका हुनुपर्छ । त्यो के अनौठो भयो र ?  भारतीय कूटनीतिक सेवाका अधिकारी थिए, भारत सरकारको नीति कार्यान्वयन गरे, भारतका प्रधानमन्त्री प्रभावित भएकाले  अहिले विदेशमन्त्री बनाइए । अवस्था एकदमै स्वाभाविक हो । त्यसलाई लिएर त्यति धेरै चर्चा हुनु र हामी आत्तिइहाल्नुपर्ने विषय होइन  । बरु  भारतमा मोदी नेतृत्वको सरकार कति रणनीतिक हिसाबले चलेको छ भनेर सिक्न हामीलाई काम लाग्ने राम्रै उदाहरण भने हो – छिमेकतिरको पछिल्लो घटनाक्रम । 

प्रकाशित मिति: : 2019-06-04 15:15:23

प्रतिकृया दिनुहोस्