खप्नै नसक्ने भएपछि बुवाविरुद्ध उजुरी दिएँ : बालिका

तस्बिरः काठमाडौं प्रेस

काठमाडौं, जेठ २१ : यौन दुर्व्यवहार गरेको भन्दै नवलपरासीको कावासोतीकी एक बालिकाले सौतेनो बुवाविरुद्ध प्रहरीमा उजुरी दिएकी छन्।

कक्षा ५ मा पढ्ने १३ वर्षीया बालिकाले आइतबार सौतेनो बुवाविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बालिकाको उजुरीपछि सोमबार सौतेनो बुवालाई पक्राउ गरिएको एसपी मोहनप्रसाद पोख्रेल बताए।

उनले तीन वर्षदेखि दुर्व्यवहार गर्दै आएको बालिकाले प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेकी छन्। आमा घरमा नभएको बेला दुर्व्यवहार गर्ने गरेको बालिकको भनाइ छ।

बालिकामाथि दुर्व्यवहार गर्ने सौतेनो बुवालाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2019-06-04 14:48:58

प्रतिकृया दिनुहोस्