पोखरा रेडलाइट एरिया बहस : चार सेक्स प्वाइन्टको लाइभ स्टोरी

नेपालको प्रमुख र लोकप्रिय पर्यटकीय गन्तव्य हो, पोखरा। आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई आकर्षित गर्न सक्ने प्राकृतिक सुन्दरता तथा भौतिक पूर्वाधारले भरिपूर्ण पोखरामा ‘सेक्स टुरिजम’ विकास गर्नुपर्ने बहस बेला–बेला उठ्ने गर्छ। केही वर्षअघि तत्कालीन पर्यटनमन्त्री शरदसिंह भण्डारी पोखरामा ‘सेक्स टुरिजम’ पनि थपिनुपर्ने अभिव्यक्ति दिएका कारण विवादमा परेका थिए। पोखरामा ‘सेक्स टुरिजम’ विकासको सम्बन्धमा अन्नपूर्ण सम्पूर्णले (पोखराका सेक्स प्वाइन्ट) लाइभ स्टोरी तयार पारेको छ ।

पोखरामा लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका केही व्यवसायी पनि ‘सेक्स टुरिजम’ हुनुपर्ने विषयमा कुरा गर्छन्। पछिल्लो समय प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा ‘रेड लाइट एरिया’ हुनुपर्छ वा पर्दैन भन्ने विषयमा बहस गर्न सकिन्छ भनेपछि ‘सेक्स टुरिजम’ का पक्ष-विपक्षमा फेरि बहस सुरु भएको छ। पोखराको प्राकृतिक सुन्दरता तथा सांस्कृतिक पक्षलाई उजागर गरेर पर्यटन व्यवसाय फैलाउनुपर्ने तर्क गर्नेहरूले ‘सेक्स टुरिजम’ को अवधारणालाई चर्को विरोध गरिरहेका छन्। कानुनी रूपमा नेपालमा यौन व्यापार वर्जित छ।

प्रकाशित मिति: : 2019-06-04 06:51:03

प्रतिकृया दिनुहोस्