नातिनीसँगै विद्यालय जाने हजुरबुवा भन्छन्, 'पढ्न मन लाग्यो'

मन लागेपछि सक्किगो नि : दार्चुलाका ६५ वर्षीय लालसिंह विष्ट कक्षा १ का विद्यार्थी ।

चार वर्षीया नातिनीलाई भर्ना गर्न विद्यालय पुगेका दार्चुलाका ६५ वर्षीय लालसिंह विष्टलाई पढ्ने उत्कट चाहना भयो।

उनले नातिनी मनिषालाई शिशु कक्षामा भर्ना गरे अनि आफू कक्षा एकमा भर्ना भए।

नेपाली भाषा राम्ररी बोल्न नजान्ने विष्टले स्थानीय डोटेल भाषामा बीबीसी नेपालीसँग भने, "आफू नजान्ने भएकाले पढ्न मन लाग्यो।"

शैल्यशिखर आधारभूत विद्यालय, ठुलशैनमा नातिनी र हजुरबा भर्ना भएयता गयल नभई विद्यालय गइरहेका छन्।

प्रकाशित मिति: : 2019-06-02 09:46:04

प्रतिकृया दिनुहोस्