ओलीको रुद्राक्ष कूटनीति र विदेशमन्त्रीको रुपमा जयशंकरको नियुक्ति

युवराज घिमिरेको शुन्य समय । तस्बिर: देशसञ्चार

भारतमा मन्त्रीपरिषद् गठन र खासगरी विदेश मन्त्रीको जिम्मा पूर्व विदेश सचिव एस जयशंकरले पाएपछि नेपालमा यसले एक किसिमको चासो, आशंका र डर उत्पन्न गरेको छ। प्रधानमन्त्री र त्यसअघि माओवादी ‘जनसरकार प्रमुख’ का रुपमा भारतीय शीर्ष नेताहरुसँग धेरै अन्तक्रिया गरेका बावुराम भट्टराईले ट्विटमार्फत भनेका छन्,‘नेपालको संविधान जारी हुनेबेला नेपाल आएर चर्चामा रहेका तत्कालिन विदेश सचिव एस जयशंकर अहिले मन्त्री बनेकाले दुई देशबीचको सम्बन्ध आगामी दिनमा कस्तो बन्ला, स्वाभाविक जिज्ञासाको विषय बनेको छ। दुवै पक्षले पाठ सिकेर अघि बढौँ।’

त्यस्तै नेपाल सरकारमा सचिव रहिसकेका कृष्ण ज्ञवाली भन्छन्, ‘नेपालको संविधानप्रति भारतको असन्तुष्टिको सन्देश सहित मोदीका दूतका रुपमा काठमाडौँ आएर फर्केका पूर्व विदेश सचिव सुव्रमण्यम जयशंकर पनि मन्त्री भएछन्। कतै विदेश मन्त्री त बनाइँदै छैनन्? उनको आशंका या अनुमान सत्य सावित भयो शुक्रबार ५८ सदस्यीय मन्त्री परिषदको कार्यभार र विभाग औपचारिक रुपमा तोकिएपछि।

प्रकाशित मिति: : 2019-06-02 08:49:40

प्रतिकृया दिनुहोस्