मौसम तीन दिनसम्म खराबः मेघ गर्जनसहित वर्षा र हावाहुरी आउन सक्ने

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मौसम खराब हुने अनुमान प्रक्षेपण गरेको छ । महाशाखाका अनुसार आगामी तीन दिन मेघ गर्जनसहित वर्षा र हावाहुरीको पनि सम्भावना रहेको छ । आज आइतबार देशैभरी आंशिकदेखि सामान्य बदली रहने र केही पहाडी भूभाग तथा पूर्वी तराईमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसमविद् समीर श्रेष्ठले आइतबार बिहान बाह्रखरीसँगको कुराकानीमा जनाएअनुसार बंगालको खाडीबाट आएको जलवाष्प र नेपालको पूर्व पश्चिम क्षेत्रमा फैलिएको न्यूनचापीय रेखाका कारण आगामी तीन दिनसम्म मौसम केही खराब हुने देखिएको हो ।

प्रकाशित मिति: : 2019-06-02 08:39:13

प्रतिकृया दिनुहोस्