‘राष्ट्रपति लो प्रोफाइलमा बस्नुपर्छ, म भएको भए जनतासँग हात मिलाउँदै हिड्थें’

नेकपा नेतृ तथा सांसद रामकुमारी झाँक्री । तस्बिर : फाइल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की नेतृ एवं सांसद रामकुमारी झाक्रीले राष्ट्रपतिले आफ्नो पदीय दायरामा बस्नुपर्ने बताएकी छिन्। राष्ट्रपति संस्था जनताको बलिदानीबाट आएको स्मरण गर्दै नेतृ झाँक्रीले जनतालाई सास्ती, दुःख हुने काम राष्ट्रपतिबाट हुन नहुनेमा जोड दिइन्। 

‘संवैधानिक हिसाबले राष्ट्रपति यो देशको संरक्षक र कानुन परिपालक हो। संरक्षक र परिपालकको भूमिका कार्यकारीजस्तो हुँदैहुँदैन्। उ लो प्रोफाइलमा बस्नुपर्छ। जति लो मा बस्यो समाजमा त्यति धेरै सम्मान पाउँछ’, उनले नागरिक न्यूजसँग कुरा गर्दै भनिन्। 

राष्ट्रपति विवादमा आउँदा आफूलाई एकदमै दुःख लाग्ने गरेको भन्दै झाँक्रीले जनतालाई मन नपर्ने खालका अनावश्यक तामझाम नगर्न सुझाव समेत दिइन्। ‘राष्ट्रपति संस्था हो, व्यक्तिले त संस्थाको प्रतिनिधित्व मात्रै गरेको हो’, उनले भनिन्, ‘राष्ट्रपति पटक पटक विवादमा आउने, राजतन्त्रको भन्दा बढी वैभवपूर्ण बनाउन खोज्ने, राजा र प्रजाजस्तो दर्जा देखाउन सक्ने बनाउन खोज्दा दुःख लाग्छ।’ 

प्रकाशित मिति: : 2019-06-02 06:12:46

प्रतिकृया दिनुहोस्