कांग्रेस नेता उत्पादन गर्ने 'कारखाना' ठप्प, कार्यकर्ता 'पेन्डुलम'

तस्बिरः थाहा खबर

जेठ १७, २०७६ काठमाडौं :

नेपाली राजनीतिका हस्ती उत्पादन गर्दै आएको नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघ अहिले 'पेण्डुलम' बनेको छ। केन्द्रीय समिति विघटनपछि संघमा आवद्ध विद्यार्थी नेता जिम्मेवारीविहीन छन्।

गुटगत राजनीतिको शिकार बनेको छ नेविसंघ। नेविसंघमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको गुट शक्तिशाली छन्। गुटगत राजनीतिले नेविसंघको राजनीति क्रमशः धमिलिँदै गएको छ। १२ औं महाधिवेशनको लफडा शीर्ष नेताहरूको टाउको दुखाइको विषय बनेको छ। त्यसकै परिणाम करिब चार महिनादेखि नेविसंघ नेतृत्वविहीन छ।

कारखाना नै बन्द जनता र कार्यकर्ता जगाउन भन्दै कांग्रेसजन यतिबेला देशव्यापी राष्ट्रिय जागरण अभियानमा छन्। कांग्रेसले राष्ट्रिय जागरण अभियान लिएर देश दौडाहमा निस्किँदा पार्टीकै भातृसंस्था भने अस्तव्यस्त छन्।

जागरण र नेतृत्व विकासको प्रमुख आधार र स्रोत नेपाल विद्यार्थी संघ अहिले नेतृत्वविहीन छ। नेविसंघकै राजनीतिबाट उठेर पार्टी हाँकिरहेका शेरबहादुर देउवाकै कार्यकालमा नेविसंघको यो कन्तबिजोग पार्टीकै लागि घातक हुने नेताहरू बताउँछन्।

प्रकाशित मिति: : 2019-06-01 12:46:51

प्रतिकृया दिनुहोस्