सेना-सशस्त्रमा किन मागेजति अधिकृत उत्तीर्ण हुँदैनन्?

तस्बिरः अनलाइनखबर

१६ जेठ, काठमाडौं । नेपाली सेनाले २०७५ सालमा दुई हजार ९१६ क्याडेटका लागि दर्खास्त आह्वान गर्दा ७७३ जना मात्र छनौट परीक्षामा उत्तीर्ण भए । यो संख्या मागभन्दा ८० प्रतिशत कम हो ।

लेखा, मेडिकल, सिग्नल, चालक लगायतका लागि गरिएको दरखास्त आह्वानमा आवेदक संख्या पनि ११ हजार ९३१ मात्र थियो । त्यसअघि २०७४ सालमा सेनाले चार हजार ४५२ क्याडेटका लागि दरबन्दी खुलाउँदा ४९ हजार १६० जनाले दर्खास्त दिएका थिए । त्यो बेला पनि उत्तीर्ण संख्या भने चार हजार ४५२ मात्र थियो ।

प्रकाशित मिति: : 2019-05-31 14:39:14

प्रतिकृया दिनुहोस्