जसले हालेको काठेपुल तरेर तेन्जिङ-हिलारीले सगरमाथा चुमे

तस्बिरः थाहा खबर

जेठ १६, २०७६ सोलुखुम्बु :

सन् १८४९ मा ब्रिटिस सर्बे अफ इण्डियाले विश्वको सर्वोच्च शिखर सगरमाथा भएको निचोड निकालेको थियो। सोलुखुम्बुमा विश्वकै अग्लो शिखर रहेको यहाँका मानिसलाई पत्तो थिएन। त्यसैले सर्बे भएको सय ४ वर्षपछि बल्ल शिखरमा मानिसको पाइला पुग्यो।

सोलुखुम्बुको थामेमा जन्मिएका तेञ्जिङ नोर्गे शेर्पाले दार्जिलिङमा पुगेर ट्रेकिङ कम्पनी खोलेका थिए। त्यही माध्यमबाट एडमण्ड हिलारीसँग उनको भेट भएको बताइन्छ। एडमण्ड हिलारीले सगरमाथा चढ्ने प्रक्रिया अगाडि बढाएपछि तेञ्जिङलाई जन्मभूमि फर्कने अवसर मिलेको उनीहरूलाई बाटो देखाउने कान्छा शेर्पा सुनाउँछन्।

नेपाल सरकारबाट आरोहण अनुमति पाएपछि सन् १९५३ मे २९ का दिन थामेका तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको शिखरमा पहिलो पटक पाइला टेकेका थिए। उनीहरूको पाइला शिखरमा पुगेसँगै सगरमाथाको चर्चा विश्वभरि भयो। त्यसपछि अहिलेसम्म विभिन्‍न कीर्तिमान कायम भएको छ।

आरोहण यात्रा सुरु भएको ६७ वसन्तसम्म ८ हजारभन्दा स्वदेशी र विदेशीले आरोहण गरेका छन्। पहिलोपटक शिखरमा जाने समूहमध्ये खुम्बु-पासाङल्हामु गाउँपालिका-३ नाम्चेका कान्छा शेर्पा पनि एक हुन्। ८७ वर्षीय शेर्पा त्यसबेला ‘हाई अल्टिच्यूड शेर्पा’का रुपमा गएका थिए। २० वर्षको उमेरमा तेञ्जिङ शेर्पा र एडमण्ड हिलारीका लागि बाटो बनाउँदै शिखर नजिक ७ हजार ८ सय मिटरसम्म पुगेका थिए। उनीहरू दुईजना मात्र हाइअल्टिच्यूड शेर्पा थिए। अन्य लो अल्टिच्युट शेर्पाको रुपमा थिए।

प्रकाशित मिति: : 2019-05-30 15:21:18

प्रतिकृया दिनुहोस्