प्रधानमन्त्री ओलीले लिए क्रिश्चियन धर्म प्रवर्द्धन गर्ने विश्वविद्यालयको विद्यावारिधि

 क्रिश्चियन धर्म फैलाउन खोलिएको दक्षिण कोरियाको काङनाम विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिले विभूषित गरेको छ ।

प्रधानमन्त्रीलाई बुधबार नेपाली सेनाको सानो भर्‍याङस्थित स्वास्थ्य विज्ञान संस्थानको हलमा विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो । प्रधानमन्त्री ओलीलाई विद्यावारिधि प्रदान गर्ने विश्वविद्यालयले मूल मन्त्रको रूपमा सत्य, स्वतन्त्रता, समानता र कल्याण तथा क्षमतायुक्त व्यक्तिलाई महत्व दिने जसले स्वर्गको पूजा र मानवजातिको सरंक्षण र क्रिस्चियानिटी (इसाइकरण)को भावना र मानवीय  हिसाबले समाज र समग्र मानवजातिको लागि काम गर्ने आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

प्रकाशित मिति: : 2019-05-29 14:16:23

प्रतिकृया दिनुहोस्