नेपालमा पुरुषभन्दा महिला दन्त चिकित्सक धेरै

काठमाडौं : नेपालमा स्वास्थ्य संस्थामा गएर उपचार गर्ने मानिसको संख्या घट्दै गएको छ। गत वर्षमा भन्दा चालु आर्थिक वर्षको ८ महिनामा सरकारी, निजी र सामुदायिक स्वास्थ्य संस्थाबाट बहिरङ्ग सेवा लिने बिरामी घट्दै गएका हुन्। 

चालु आवको ८ महिनामा एक करोड पाँच लाख ३२ हजार ३२५ पटक बहिरङ्ग सेवा लिएको तथ्यांकले देखाएको छ। नेपालका हरेक अस्पतालमा औषत प्रतिदिन ४३ हजार ८८५ ले ओपिडी सेवा लिने गरेको आर्थिक सर्वेक्षणले देखाएको हो।

गत आर्थिक वर्ष भने ओपिडी सेवा दुई करोड १३ लाख ४९ हजार ५१६ थियो। यो संख्यालाई प्रतिदिनको औषत निकाल्दा ५८ हजार ४९२ देखिन्छ। जसले गत वर्षको तुलनमा यस वर्ष ओपिडी सेवा लिन जाने बिरामीको संख्या प्रतिदिन १४ हजार ६०७ ले घटेको देखिन्छ।

प्रकाशित मिति: : 2019-05-29 09:31:01

प्रतिकृया दिनुहोस्