ज्ञानेन्द्र पनि यस्तै पाराले पाखा लागेका हुन् - शम्भु थापा, वरिष्ठ अधिवक्ता

सरकारले पछिल्लो दिनमा संसद्मा ल्याएका विधेयकमाथि खरो टिप्पणी गर्ने व्यक्ति हुन् वरिष्ठ अधिवक्ता शम्भु थापा । मानवअधिकार आयोग, मिडिया काउन्सिल, शिक्षा सम्बन्धी विधेयकमा राखिएको प्रावधानले शासक सही दिशामा अघि बढ्न नसकेको निष्कर्ष उनको छ । विचारका हिसाबले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट मानिने थापा सरकारको त्रुटिका कारण नै यस्तो भएको बताउँछन् ।

उनै थापाले बुधबार थापाथलीमा केही पत्रकारहरुसँग अहिले मिडियालाई नियन्त्रण गर्ने कानुन आफूहरुलाई मान्य नहुने बताउँदै सत्तारुढ दलको शुभचिन्तक भए पनि आफू स्वतन्त्रताको पक्षमा उभिने स्पष्ट पारे । उनले राजा ज्ञानेन्द्रको शासनकालमा पनि स्वतन्त्रताका लागि लडाइँ लड्नुपरेको स्मरण गराउँदै अहिले पनि आफू सोही स्थानमा रहेको बताए ।
प्रस्तुत छ, थापासँग गरिएको कुराकानीको मुख्य अंशः

प्रकाशित मिति: : 2019-05-23 21:10:10

प्रतिकृया दिनुहोस्