सांसदको प्रश्न- किरिया बसेका र मलामी गएकाले राष्ट्रिय गान बज्दा के गर्ने?

प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद कृष्णगोपाल श्रेष्ठ । तस्वीरः रोशन सापकोटा

सरकारले पशुपतिनाथ मन्दिर परिसरमा आरतीको समयमा राष्ट्रिय गान बजाउनुपर्ने व्यवस्था गरेकामा सांसद भीमसेनदास प्रधानले आपत्ति जनाए। उनले राष्ट्रिय गान गाउने आफ्नै परम्परा रहेकाले त्यसलाई सम्मान गर्न माग गरे। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत सहभागी हुने कार्यक्रममा अनिवार्य रुपमा राष्ट्रिय गान बजाउन र राजनीतिक दल तथा राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रममा अनिवार्य रुपमा राष्ट्रिय गान बजाउनुपर्नेमा जोड दिँदै उनले पशुपतिनाथ मन्दिर परिसरमा नै राष्ट्रिय गान बजाउने निर्णय धर्म र संस्कृति विरोधी भएको जिकिर गरे।

सांसद प्रधानले भने, ‘किरिया बसेका र मलामी गएकाले राष्ट्रिय गान बज्दा के गर्ने भन्ने प्रश्न उठेको छ। यसलाई सरकारले ध्यान दिनु जरुरी छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा पशुपतिनाथ मन्दिर परिसरमा आयोजना गरिने आरतीमा राष्ट्रिय गान बजाउने व्यवस्था गरिएको छ । चलचित्र भवनमा समेत राष्ट्रिय गान बजाउने भनेर सरकारले दिएको निर्देशन ‘पञ्चायतकालीन झल्को’ आएको उनको  टिप्पणी थियो।

प्रकाशित मिति: : 2019-09-08 16:44:25

प्रतिकृया दिनुहोस्