देउवाले भने– पार्टीमा अन्तर्घात गर्नेलाई कारबाही गर्न कसैले रोक्न सक्दैन (भिडियाे सहित )

तस्बिरः बिएल

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव पार्टीमा अन्तर्घात गर्नेलाई कुनै हालतमा कारबाही गरिने स्पष्ट पारेका छन्।

भक्तपुरको बोडेमा शुक्रबाट सुरु काँग्रेसको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले अन्तर्घात गर्नेलाई कारबाही गर्न आफूलाई कसैले रोक्न नसक्ने स्पष्ट पारे। टिकट पाईन भनेर एकले अर्कोलाई हराउन खोजेर काग्रेसका नेताहरुको पराजय भएको उनको भनाई छ।

उनले अब पार्टी एकतावद्ध भइ उपनिर्वाचनमा जित्नुपर्ने जिकिर गरे। स्वतन्त्र रुपमा लेख्न र बोल्ने नपाउने देशमा लोकतन्त्र फस्टाउन नसक्ने टिप्पणी गर्दै उनले प्रजातन्त्रको लागि नेपाली काँग्रेसले लड्ने बताए। सभापति देउवाले सरकारले एकदलीय सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाउदै एक भएर यसका बिरुद्ध आवाज उठाउनु पर्ने भनाई राखे।

कार्यक्रममा काँग्रेस नेता रामचन्द्र पौडेलले सरकारको गलत कामलाई काँग्रेसले आवाज उठाउन नसकेको बताउदै काग्रेस सही बाटोमा हिडे मात्रै देश सही बाटोमा हिड्ने बताए।

त्यसअवसरमा काँग्रेस उपसभापति एवं प्रतिष्ठानका प्रमुख बिमलेन्द्र निधीले पार्टीभित्र एकले अर्कोलाई गर्ने दोषारोपणबाट मुक्त हुदै काँग्रेसर जनतालाई जोड्नुपर्नेमा जोड दिए। त्यस्तै नेता डा. शशांक कोईराला, संयोजक पुरुषोत्तम दाहाल, केन्द्रीय सदस्य अम्बिका बस्नेत लगायतले काँग्रेस एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिए। प्रदेश नं ३ का बाँकी ६ जिल्ला रसुवा, नुवाकोट, धादिड, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको कांग्रेसले जनाएको छ।

 

प्रकाशित मिति: : 2019-09-06 17:13:53

प्रतिकृया दिनुहोस्