देशकाे विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ– कार्यवाहक प्रधानमन्त्री पोखरेल (भिडियाे सहित )

तस्बिरः बिएल

कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले देश विकासका निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।

राष्ट्रिय व्यवसायिक पहल (एनबिआई)को आयोजनामा दिगो विकासका लागि जिम्मेवार व्यवसाय सम्मेलनको बिहिबार काठमाडौंमा उद्घाटन गर्दै उनले आर्थिक विकासको संवाहक निजी क्षेत्र हो भनेर सरकार बोलिरहेको मात्र नभई कानूनी रुपमा समेत त्यस्तो वातावरण बनाएको जिकिर गरे। पोखरेलले विकासमा निजी क्षेत्रको भूमिकालाई नितिगत रुपमै समेटिएको उल्लेख गरे। उनले सम्मेलनको निष्कर्षको अध्ययन गरी संयुक्त राष्ट्रसंघको दिगो विकाससम्बन्धी सम्मेलनमा नेपालले गरेको प्रगतिबारे जानकारी गराइने जानकारी दिए। सन २०३० सम्म नेपालबाट हुने लगानीमा ३६ प्रतिशत लगानी नीजि क्षेत्रको हुने उनले बताए।

कार्यक्रममा शताब्दीपुरुष सत्यमोहन जोशीले संस्कृतिलाई आर्थिक, सामाजिक, राजनीतिक विकास र एकतालाई समेत जोडेर हेर्नु पर्नेमा जोड दिए। एविआईका अध्यक्ष पद्य्म ज्योतिले दिगो विकास लक्ष्य हासिल गर्न निजी क्षेत्रको समेत योगदान आवश्यक पर्ने बताए। दुई दिने सम्मेलनमा १६ वटा विषयमा ६४ जना वक्ताहरुले आ–आफ्नो धारणा राख्ने आयोजकले जनाएको छ।

प्रकाशित मिति: : 2019-09-05 16:39:58

प्रतिकृया दिनुहोस्