प्रधानमन्त्रीसंग भिडियो कन्फरेन्स, स्वास्थ्य अवस्था समान्य (भिडियो सहित)

तस्बिरः बिएल

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महत्व र गौरवका आयोजनाको प्रगतिका बारेमा मन्त्रीहरुसंग जानकारी लिएका छन्।

मंगलबार दिउँसो सिंगापुरबाट भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्री ओलीले नेपालस्थित कार्यवहाक प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुसँग सरकारको कामबारेमा छलफलका क्रममा राष्ट्रिय गौरवको आयोजनामा भइरहेको प्रगति र मन्त्रायगत समस्याका बारेमा जानकारी लिएका हुन्। सो क्रममा प्रधानमन्त्री ओलीले मन्त्रालयगत समस्या बुझ्दै आवश्यक निर्देशन पनि दिइएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए।

उनले छलफलमा आएका बिषयहरुलाई माइनुट नगरिएको र यो मन्त्रीपरिषद् बैठक पनि नभएको स्पष्ट पारे। छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको र सम्भवत शुक्रबार नेपाल फर्कने जानकारी गराउनुभएको प्रवक्ता बास्कोटाले बताए।

प्रधानमन्त्री ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत् दोस्रो पकट आफ्नो क्याबिनेटका सदस्यहरूसँग संवाद गरेका हुन। यसअघि पहिलो पटक भएको सम्वाद र छलफल मन्त्रीपरिषद् बैठक भएको भनिएपछि सरकारको आलोचना भएको थियो।

प्रकाशित मिति: : 2019-09-03 16:08:02

प्रतिकृया दिनुहोस्