‘तालिबान युद्ध’ लगभग अन्त्यतर्फ, अमेरिका र तालिबानबीच सम्झौंता सकारात्मक मोडमा

वार्तामा खटिएका तालिबानी पदाधिकारीहरु। Agency

१८ वर्ष लामो हिंसा अन्त्यका लागि अमेरिका र तालिबानबीच कतारको राजधानी दोहामा वार्ता सुरु भएको छ। 

पुरै विश्वलाई प्रभावित तुल्याएको ‘तालिबान युद्ध’ अन्त्यका लागि दुबै पक्ष लचिलो भएको र सम्झौंताको नजिक रहेको वार्तामा संलग्न एक अमेरिकी वार्ता टोलीका सदस्यले अन्तर्राष्ट्रिय मिडियालाई जानकारी दिएका छन्।

अमेरिकाकी वार्ता टोलीका एक सदस्यलाई उधृत गर्दै एएफपीले भनेको छ– ‘हामी सम्झौंता नजिक छौं।’

याे पनि पढ्नुहाेस।

नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

अफगानिस्तानमा जारी हिंसाको सिलसिलालाई रोक्न अमेरिका र तालिबानबीच चरणबद्ध वार्ता भएको थियो। शनिबार ८ चरणको गोप्यवार्ता पछि अमेरिकी विशेष प्रतिनिधि जल्माय खलीलजादले ट्वीट गर्दै भने, ‘हामी सम्झौंता नजिक छौं। वार्तापछि अफगानिस्तानमा हिंसा कम हुनेछ। तालिबानसँगको सम्झौंता सकारात्मक दिशामा अगाडि बढेको कारण छिट्टैं अफगान सरकारसँग पनि (त्रिपक्षीय) शान्ति सम्झौंता हुनेछ।’ 

दोहामा दुई पक्षबीच सम्झौंता भएको खण्डमा अफगानिस्तानमा फसेका १३ हजार अमेरिकी सेनाको कटौतीका लागि तालिबानले रक्षा ग्यारेन्टी दिने बताइएको छ।

खलीलजाद आइतबार वार्ता टुँग्याएर अफगानिस्तानको काबुल उड्ने बताइएको छ। सन् २००१ को सेप्टेम्बर ११ मा तालिबानले अमेरिकाको न्युयोर्कस्थित ‘ट्विन्स टावर’ मा आक्रमण गरेपछि अमेरिकाले अफगानिस्तानमा अमेरिकी सेना पठाएको थियो।

युद्धको नाममा १८ वर्ष अमेरिकी सेना अफगानिस्तानमा फसेपछि हालका राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकार जसरी पनि आफ्नो सेना बाहिर निकाल्न कस्सिएर लागेको थियो।

यसै विषयलाई लिएर सन् २०१८ देखि वार्ता सुरु भएको हो। अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले यसअघि नै बताइसकेका छन्, यसै महिनाको अन्त्यमा अफगानिस्तानमा हुने निर्वाचन अगाडि सम्झौंता सम्पन्न भइसक्ने छ र अमेरिकाले आफ्नो सेना फिर्ता लैजाने छ।

याे पनि पढ्नुहाेस।

कतारमा नेपालीको निधनः दुर्घटना कि ‘नेचुरल डेथ’ ?

एटीएमबाट रकम चोरी प्रकरण: तात्यो राष्ट्र बैक

दोहामा अमेरिकी सरकारका प्रतिनिधि सँग सम्झौतामा रहेका तालिबानी प्रवक्ता सुहेल साहिनले भने,‘सम्झौंता लगभग टुँगो लागिसकेको छ।’

अमेरिकासँग हुने शान्ति सम्झौंतामा तालिबानका कार्यकारी प्रमुख अब्दुल गानी बरादरले पनि हस्ताक्षर गर्ने बताइएको छ। साहिनले भने, ‘अमेरिका र तालिबानबीच यस कुरालाई लिएर सहमति बनिसकेको छ, अफगानिस्तानमा विदेशी सैनिकलाई १५ देखि २४ महिना भित्र देशबाट बाहिर पठाइसक्ने।’ 

याे पनि हेर्नुहाेस।

एक गरिब बाबुको इच्छा– छोरीलाई आँखा दान गरेर संसार देखाउने (भिडियो सहित)

प्रकाशित मिति: : 2019-09-01 14:10:19

प्रतिकृया दिनुहोस्