युवाहरुको सही परिचालनबाट मात्र मुलुकको विकास हुन्छ– मन्त्री विष्ट (भिडियो सहित)

तस्बिरः बिएल

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले समाजको उत्थानको लागि युवा उद्यमशिलता आवश्यक रहेकोमा जोड दिएका छन्।

युवा नेतृत्व, सिर्जना र उद्यमशिलता राष्ट्रिय सम्मेलनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री विष्टले सामाजिक उत्तरदायित्वसहितको उद्यमशिलता आजको आवश्यकता भएको पनि बताए।
युवाहरुको सही परिचालनबाट मात्र मुलुकको विकास हुने भन्दै उनले सरकारले युवा लक्षित कार्यक्रम ल्याउने आश्वासन दिए।

आर्थिक, सामाजिक दृष्टिकोणले अगाडि बढ्नका लागि सामाजिक उद्यमशिलता अपरिहार्य रहेको उनको भनाइ थियो। मन्त्री बिष्टले युवा उद्यमशिलतालाई सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो रुपमा युवाहरुको विकास अहिलेको आवश्यकता रहेको धारणा पनि राखे।

सम्मेलनमा सातवटै प्रदेशका १५४ युवा उद्यमी समूहको सहभागिता छ। सम्मेलन दुई दिन सम्म चल्ने बताइएको छ।

प्रकाशित मिति: : 2019-08-28 15:17:10

प्रतिकृया दिनुहोस्