पहिलोपटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषदको बैठक, प्रधानमन्त्रीले सिंगापुरबाटै गरे अध्यक्षता

तस्बिरः प्रधानमन्त्रीको सचिवालय

उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्सबाटै मन्त्रिपरिषद बैठकको अध्यक्षता ग्रहण गरेका छन्।

नेपालमै पहिलोपटक भिडियो कन्फ्रेन्सबाट सोमबार मन्त्रिपरिषदको बैठक सम्पन्न भएको हो।

कार्यबाहाक प्रधानमन्त्रीको जिम्मा उपप्रधान एवं रक्षामन्त्रीलाई दिए पनि बैठकको अध्यक्षता प्रधानमन्त्री ओली आफैंले ग्रहण गरेका हुन्।

भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बसेको जानकारी प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले दिएका हुन्।

यसअघि अघिल्लो मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओली उपचारमा जाने भएपछि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सक्ने ब्यवस्था गरेको थियो।

प्रधानमन्त्री ओली उपचारका लागि यही भदौ ५ गते सिंगापुर गएका थिए।

प्रधानमन्त्रीले कन्फ्रेन्समार्फत मन्त्रिपरिषद्मा पेस भएका एजेन्डामा छलफल र आफ्नो धारणा राखेका थिए।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको थियो।

प्रकाशित मिति: : 2019-08-26 16:12:25

प्रतिकृया दिनुहोस्