अर्काकाे नाममा परीक्षा दिने पक्राउ

बिएल
माेरङकाे रंगेली नगरपालिका ६ मा रहेको श्री पब्लिक उच्च माध्यमिक बिधालयमा भदौ १ गतेदेखि सुरु भएकाे सिई परीक्षामा अर्काकाे नाममा परीक्षा दिने एक व्यक्ति पक्राउ परेका छन्। मंगलबार भएको गणित बिषयकाे परीक्षामा सुनवर्सी नगरपालिका बडा नम्बर ६ मा रहेको आदर्श माध्यमिक बिधालय डाईनियाँका कुमाेदप्रसाद गनगाईकाे सिम्बल नम्बर ०८१३४३६ जेड बाट मोरङ सुनवर्सी नगरपालिका ८ बस्ने २१ वर्षीय मुन्ना मण्डल पक्राउ परेका हुन्।
 
पक्राउ परेका मण्डल इप्रका रंगेलीले नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरिरहेको जनाएको छ। साेही स्थान बस्ने बर्ष २५ का मुन्ना मन्डलले कुमाेदकाे प्रबेश पत्रमा आफ्नो फाेटाे टाँसेर कीर्तेसहित छाप गरेर परीक्षा दिने क्रममा उनलाई पक्राउ गरिएको हाे।
 
याे पनि पढ्नुहाेस।
नेपाल सरकारले २०७२ सालदेखि लेटर ग्रेडिङ प्राणालीअन्तर्गत सिई परीक्षा देश भरिका बिधालयमा अध्ययन गर्ने बिधार्थीकाे मनाेवल बढाउने उदेश्यले सिई परीक्षा सुरु गरेको हाे। परीक्षा हलमा प्रबेश गर्ने क्रममा चेक जाँच गर्दा उनलाई पक्राउ गरिएको र प्रहरीलाई जिम्मा लगाईएकाे बिधालयका प्राध्यापक बिरेन्द्रप्रसाद साहले बताए।
 
उनलाई मंगलबार जिल्ला अदालत मा मुद्दा दर्ता गरिएको र शिक्षा ऐन अनुसार ६ महिना कैद १ लाख जरिवानासमेत हुने ब्यवस्था गरिएकाे ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले बताए।
 
याे पनि हेर्नुहाेस।
 
 
 
प्रकाशित मिति: : 2019-08-21 15:48:51

प्रतिकृया दिनुहोस्