कश्मिरमा पाकिस्तानी सेनाको आक्रमणमा एक गोर्खाली सेनाको निधन

भारतका लागि शहिद भएका सन्दीप थापा। बिएल

जम्मु–कश्मिर विवादलाई लिएर भारत–पाकिस्तानबीच बढ्दो तनावका बीच एक गोर्खाली सेनाले ज्यान गुमाउनु परेको छ।

शनिबार जम्मू–कश्मिरको नौसेरा सेक्टरमा पाकिस्तानले एक्कासी शान्ती सम्झौंता उल्लंघन गरेपछि तेस्रो गोर्खा राइफलका ३५ वर्षीय लेन्स नायक सन्दीप थापाको निधन भएको छ। सन्दीप विगत १५ वर्षदेखि भारतीय सेनामा कार्यरत थिए।

नेपालीभाषी सन्दीप देहरादुनको राजावाला गाउँका स्थायी वासिन्दा हुन्। उनी जम्मु–कश्मिर विवादलाई लिएर शनिबार नै नौसेरा सेक्टरको रजौरीमा पहिलो पल्ट खटिएका थिए। बिहान साढे ६ बजे ‘ड्युटी’ मा खटिएकै बेला पाकिस्तानी सेनाले सीमा पारीबाट एक्कासी मोर्टार आक्रमण गरेको थियो।

भारतीय समाचार संस्थाले जनाएअनुसार पाकिस्तानी सेनाले शान्ती सम्झौंताको उल्लंघन गर्दै एकहोरो गोलाबारुद्ध प्रहार गरेको थियो। घाइते सन्दीपलाई कश्मिरमै रहेको आर्मी अस्पतालमा भर्ना गरिएको थियो। जहाँ उनले ज्यान गुमाए।

याे पनि पढ्नुहाेस।

फकल्यान्ड युद्वमा ५ पाउण्ड भत्ता दिन्छु भनेको बेलायतले १ पाउण्ड मात्र दियोः वार भेट्रान बुद्धिराज राई (भिडियोसहित)

उनको निधनको खबरले देहरादुनस्थित घरमा दुःखको माहौल छ। सन्दीपको श्रीमति निसा थापाले शनिबार नै आफ्नो श्रीमानको निधन भएको खबर प्राप्त गरेकी थिइन।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह राउतले सन्दीपको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। उनले भारतीय अखबारलाई छोटो अन्तर्वार्ता दिने क्रममा भनेका छन्, ‘उत्तराखण्डका छोरा सन्दीप थापाले देशका लागि आफ्नो ज्यान आहुति दिए। म झुकेर शहिद जवानप्रति सम्मान व्यक्ति गर्न चाहन्छु र परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भनेर प्रार्थना गर्छु। दुःखको यस घडीमा आफूहरू शहिद जवानको परिवारसँग रहेको विश्वस्त पार्न चाहन्छु।’

उनको पार्थिव शरीरलाई आइतबार घर पुर्याइने बताइएको छ। उत्तराखण्डमै सम्मानका साथ उनको पार्थिव शरीरलाई अन्त्येष्टी गरिने बताइएको छ।

याे पनि।

कश्मीरमा गोली चल्दा नेपालमा बेचैनी

भारतीय सेनाबाट भागेर आएपछि ईखले चम्किएका दुर्गेश

शुरू भयो रविमा 'राजनीतिक रङ' पोत्ने खेल

प्रकाशित मिति: : 2019-08-18 00:24:33

प्रतिकृया दिनुहोस्