मुख्यमन्त्री शाहीलाई लक्षित गरि विप्लव समूहद्वारा बम विस्फोट

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरि बिहिबार बम विस्फोट भएको छ।

कालिकोटको रास्कोट नगरपालिकाको सडक उद्घाटन गर्न क्रममा अज्ञात समूहले राखेको दुई वटा बम विस्फोट भएको प्रहरीले जनाएको छ।

पचालझरना गाउँपालिका नानीकोट कोटिलागाँउबाट रास्कोटको सडक उद्घाटन कार्यक्रममा आउने क्रममा शाहीलाई लक्षित गरि रास्कोट नगरपालिकाको सडक उद्घाटन कार्यक्रमस्थल भन्दा बाहिर बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ।

एक साताका लागि गृह जिल्ला भम्रण रहेका मुख्यमन्त्री शाहीलाई लक्षित गरि बम बिस्फोट हुँदै भएको छ। यसअघि पनि बुधबार उनलाई लक्षित गरी बम विष्फोट भएको थियो।

प्रहरीले बम बिस्फोटमा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव  समूहका कार्यकर्ताको संलग्नता रहेको हुनसक्ने अनुमान गरेको छ।

विस्फोटमा कुनै मानवीय क्षति नभएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

 

प्रकाशित मिति: : 2019-08-15 12:58:45

प्रतिकृया दिनुहोस्