२० महिनापछि कांग्रेसको नेतृत्व सोनियाकै हातमा

Agency

२० महिनापछि भारतीय कांग्रेसको नेतृत्व पुनः सोनिया गान्धीको हातमा गएको छ। शनिबार राती राजधानी नयाँ दिल्लीमा नेतृत्व चयनका लागि बसेको बैठकमा कुनै निर्णय निस्किन नसकेपछि ७२ वर्षीय सोनियालाई अन्तरिम कालका लागि अध्यक्ष नियुक्त गरिएको थियो।

पार्टी प्रवक्ता रणदीप सुरजेवालले राहुल गान्धीलाई अध्यक्ष पदबाट दिएको राजीनामा फिर्ता गर्न सबैले प्रस्ताव राखेको तर उनले अस्विकार गरेको बताए।
उनले अध्यक्षको टुँगो नलाग्दासम्म सोनियाले कार्यकारी अध्यक्षकाे जिम्मेवारी लिने बताए।

बैठकमा अध्यक्ष पदको निर्वाचनका लागि ५ सदस्यीय समिति बनाउने निर्णय पनि भएको थियो। ३ घण्टा चलेको बैठकमा सोनिया, प्रियंका गान्धी, मनमोहन सिंह, एके एन्टनी, मल्लिकार्जुन खड्गे, ज्योतिरादित्य सिन्धिया समावेश थिए। राहुल केही समयका लागि पार्टी कार्यालय पुगेका थिए। तर, उनी तुरुन्तै बाहिरिए।

याे पनि पढ्नुहाेला।

वेष्ट इन्डिजको टेस्ट टोलीमा १ सय ४० केजीका अलराउन्डर रहकिमलाई मौका

अमेरिका भन्छ- 'बदमास सत्ता' : चीन भन्छ- 'गुण्डा तर्क'

भारतको संसदीय निर्वाचनमा कांग्रेसको स्थिति खराब भएपछि २५ मेमा राहुलले नैतिकताको जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा गरेका थिए। उनको राजीनामा पार्टीले अस्विकार गरेपछि उनले आफ्नो राजीनामा पत्र सोशल मिडियाबाट सार्वजनिक गरेका थिए।

बैठकबाट बाहिरिलगत्तै राहुलले कश्मिरको विषयमा चर्चा भएको बताए। उनले कश्मिरको अवस्था बिग्रिदै गएको र यस विषयमा प्रधानमन्त्रीले संसदमा सबैलाई जानकारी दिनुपर्ने माग राखे।

याे पनि पढ्नुहाेस।

खम्बामा ठोक्किएर र खाल्डोमा परेर लागेका घाउले हाम्रो शरीर कहाँ सग्लो छ र? (भिडियो सहित)

प्रकाशित मिति: : 2019-08-11 00:35:44

प्रतिकृया दिनुहोस्