स्वास्थ्य मन्त्री यादवद्वारा वैद्यखानाको छड्के अनुगमन, ७ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन

बीएल

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सिंहदरबार वैद्यखानाको अनुगमन गरेका छन्।

स्वास्थ्य मन्त्री यादवले वैद्यखानाको अनुगमन गरि प्रगति विवरण र आगामी कार्ययोजना मन्त्रालयमा पेश गर्न वैद्यखानाका प्रबन्ध निर्देशकलाई निर्देशन दिएका छन्।

सरकारको एकमात्र आधिकारिक जडिबुटिजन्य औषधि उत्पादक संस्था वैद्यखानाको कामबारबाही बारे जनगुनासो बढेपछि स्वास्थ्य मन्त्री यादवले बुधबार दिउँसो छड्को अनुगमन गरेका हुन्।

अनुमगनका क्रममा चार जना कामदार मात्रै औषधि कारखानामा काम गर्दै गरेको पाईएको थियो।

करिब चार दर्जनको संख्यामा कर्मचारी रहेको वैद्यखानामा चार जना मात्रै काम गरेको देखेर स्वास्थ्य मन्त्री यादवले चरम असन्तुष्टि जाहेर गरे। वैद्यखानाको दुरावस्था देखेर मन्त्री यादवले हालको प्रगति विवरण र नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिएका छन्।

मन्त्री यादवसँगै अनुगमन टोलीमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव, मन्त्रालयका सचिव रामकुमार थपलिया र स्वास्थ्य मन्त्रीका सल्लाहकार डा. के.के राई सहभागी थिए।

प्रकाशित मिति: : 2019-07-31 17:28:48

प्रतिकृया दिनुहोस्