नेकपाको सचिवालय बैठक निष्कर्षबिहिन (भिडियाे सहित)

तस्बिरः बिएल

एकता सम्बन्धी बाँकी काम टुंग्याउनका लागि भन्दै बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक निष्कर्षबिहिन भएको छ।
प्रधानमन्त्री निबास बालुवाटारमा सोमबार बसेको बैठकमा बिभिन्न बिभागको नेतृत्वको बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेपछि बैठक १५ दिनपछि बस्ने गरी बैठक सकिएको हो। सोमबारको बैठकमा राष्ट्रिय परिषद्, सल्लाहकार समिति, केन्द्रिय बिभाग, जनवर्गीय संगठन लगाएको एकीकरण जिम्मेवारी निर्धारण र केन्द्रिय समिति सदस्यहरुको कार्यबिभाजनका बारेमा छलफल भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

एकताका बाँकी कामका लागी सबैसंग सुझाव संकलन गरेर प्रस्ताव ल्याउने गरि बैठक स्थगीत गरिएको उहाले बताउनुभयो । त्यस्तै यसवीचमा केन्द्रीय निकायहरुमा आकांक्षीका नाम संकलन लगायतका काम हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

गत वर्ष जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । तीन महिनाभित्रै एकताका सबै काम टुंग्याउने बताइए पनि १५ महिना पुग्न लाग्दासमेत एकता सम्बन्धी सबै काम टुंगिन सकेको छैन।
पछिल्लो पटक नेकपाले साउन ५ गते जिल्लाका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको थियो । सोही बैठकले ३२ केन्द्रीय विभागहरुको टुंगो लगाउने बताइए पनि स्कुल विभागमा भएको नेतृत्वको विवादका कारण थप निर्णय हुन सकेको छैन । आगामी सचिवालय बैठक साउन २८ गते ३ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति: : 2019-07-29 18:16:22

प्रतिकृया दिनुहोस्