बिप्लव समूहसँग वार्ताको कुरा हल्ला मात्रैः गृह मन्त्री

तस्बिरः बिएल

सरकार र प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहबिच अनौपचारिक रूपमा वार्ता चलिरहेको बताईरहेका बेला सरकारका गृहमन्त्रीले यसको खण्डन गरेका छन्।

गृहमन्त्री राम बहादुर थापा (बादल) ले गृह मन्त्रालयको प्रगति बिवरण सार्वजनिक गर्न मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा विप्लव समूहसँग वार्ताका बारेमा बाहिर आएको सबै कुरा गलत भएको बताएका हुन्।

कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले विप्लव समूहसँग सरकारको बार्ताको कुनै पनि प्रक्रिया अघि नबढाएको स्पष्ट पारे। ‘बाहिर जे जस्ता कुरा आएका छ। ती सत्य होइनन्, वार्ताका निम्ति विप्लव समूहले सरकारसँग तीन प्रस्ताव राखेका छन् भन्ने कुरा साँचो होइन, उनका कुनै प्रस्ताव हामीसँग पुगेकै छैनन्,’ कार्यक्रममा बोल्दै मन्त्री थापाले भने।  

लामो त्याग र बलिदानले ल्याएको गणतन्त्र नै धरापमा पार्ने गरी बिप्लव समूहको गतिविधिले उक्त पार्टीमाथि सरकारले प्रतिबन्द लगाएको गृहमन्त्रीले स्पष्ट पारे।

सिके राउतजस्ता समूहलाईसमेत सरकारले वार्ता मार्फत समस्या समाधन गरेको स्मरण गर्दै उनले विप्लव समूहलाई पनि वार्ताबाटै समस्याको समाधान खोजिने बताए।

 ‘देश विकास निमार्णमा अघि बढेको बेला देशलाई अस्थीर बनाउने काम सैय्य हुँदैन, त्यसैले त्यस्तो गतिविधि गर्ने बिप्लव समूहलाई सरकारले नियन्त्रण गर्नैपर्छ त्यो काम गरेकै छ’, उनले भने।

सरकारले प्रतिबन्ध लगाएको विप्लव समूहको गतिविधि नियन्त्रणमा सरकार सफल भएको भन्दै मन्त्री थापाले राजनीतिक नाराबाट देशलाई हानी हुने काम गर्ने विप्लव समूहलाई  छुट नभएको जिकिर गरे।

 

प्रकाशित मिति: : 2019-07-23 13:47:12

प्रतिकृया दिनुहोस्