‘स्कुल विभागको जिम्मेवारीका विषयमा छलफलै भएको छैन, विप्लवसँग वार्ताको तयारी छैनः रक्षा मन्त्री

उपप्रधान एवं रक्षामन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल

विराटनगर ।  उपप्रधान एवं रक्षामन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले स्कुल विभागको जिम्मेवारीको विषयमा सचिवालय बैठकमा छलफल नभएको दाबी गरेका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले मंगलबार बस्ने सचिवालयको बैठकले पार्टीका चार वटा आयोग र ३२ वटा विभागको जिम्मेवारी टुंग्याउने बताए।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले हिंसा नछाडेसम्म वार्ताको सम्भावना नरहेको दाबी गर्दै मन्त्री पोखरेलले चन्द समूहसँग वार्ताका लागि सरकारले कुनै तयारी नगरेको र वार्ता टोलीसमेत नबनाएको स्पस्ट पारे।

प्रकाशित मिति: : 2019-07-22 19:17:30

प्रतिकृया दिनुहोस्