पक्राउ परेका माइलाको साथबाट ४०० जनाको चन्दा लिस्ट बरामद, सुन व्यपारीदेखि ठूला व्यवसायीसम्म लिस्टमा

तस्बिरः बिएल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माइला लामाको साथबाट प्रहरीले महत्वपूर्ण कागजातहरू फेला पारेको छ।

शनिबार राति काठमाडौंको काडाँघारीबाट पक्राउ गरेको लामाको साथबाट प्रहरीले ४ वटा मोबाइल बरामद भएको र ४ सय जनाको चन्दा लिस्ट फेला पारेको छ।

अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार लामाले सानादेखि ठुला व्यापारीबाट ५ लाखदेखि २० लाखसम्म चन्दा उठाउने तयारी गरेको भेटिएको छ।

उनलाई महाशाखाको टोलीले राति काठमाडौँको काडाँघारीबाट नियन्त्रणमा लिएको थियो। अहिले महाशाखामा राखिएका उनलाई म्याद थपका लागि अदालत पठाउने तयारी गरिरहेको छ।

लामा काठमाडौं उपत्यकामा भएका बम विस्फोटका प्रमुख योजनाकार भएको प्रहरीले दाबी गरेको छ। यही अभियोग उनलाई मुद्दा चलाउने प्रहरीले तयारी थालेको छ।

सरकारले वार्ताको वातावरण बनाइरहेको बताइरहे पनि नेकपा नेता तथा कार्यकर्ता पक्राउ गर्न छोडेको छैन।

नख्खुदेखि थानकोटसम्मका आधादर्जन घटना माईलाका थाप्लोमा, को हुन माईला लामा?

प्रकाशित मिति: : 2019-07-21 14:11:02

प्रतिकृया दिनुहोस्