भित्ता फोडेर तीन घरमा चोरी, चोर खोज्दै प्रहरी…
रौतहटको गौर नगरपालिका-६ सबगढामा तीनवटा घरमा १८ लाख बराबरको धनमाल चोरी भएको छ। चोरको समुहले स्थानीय भागरथ साह, मेथुर साह र सुरेन्द्र साहको घरको भित्ता काटेर नगद, गहना लगायतको धनमाल चोरी गरेर लगेका हुन्। प्रहरीका अनुसार योजनाबद्ध रुपमा गएराति तीन घरमा चोरी भएको देखिएको छ। तीनै जनाको घरबाट बहुमूल्य सामग्री चोरेर लगेको पाइएकाले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहट गौरका निमित्त प्रवक्ता इन्सपेक्टर रामकुमार महतोले जानकारी दिए।
बिएल संवाददाता - रौतहट