बिएल संवाददाता
आफ्नै सालोको हत्या गरेको आरोपमा भिनाजु पक्राउ परेका छन्।
रामेछाप नगरपालिका-४ हिमगंगाको बोलङ बोलङका २९ वर्षीय लबकुमार थापामगरलाई आफ्नै भिनाजुले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।
कोठामा एक्लै बसिरहेको अवस्थामा लबकुमारलाई भिनाजु ५० वर्षीय विनोदकुमार यसलामी मगरले हत्या गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले जनाकारी दिए।
मंगलबार साँझ घटनाको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली खटिएको थियो।
घटनापछि भागेका विनोदलाई सोही राति ११ बजेतिर रामेछाप नगरपालिका–५ रामपुर कोलञ्जोरघाटबाट पक्राउ गरिएको न्यौपानेले जानकारी दिए।
आरोपीलाई जिल्ला अदालत रामेछापमा उपस्थित गराई १० दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए।
घटना गराएको स्वीकार गरेका भएपनि के कारणले सो घटना गराएका हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको न्यौपानेले जानकारी दिए।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया