कोटीहोमका लागि चौताराका बर-पिपल मुडुलै पारेपछि…
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा कोटीहोम गर्न कोही कसैले महानगरबाट स्वीकृति नलिएको जानकारी दिंदै स्वीकृत नलिएको अवस्थामा कोटीहोम गर्ने नदिने स्पष्ट पारेका छन्। उनले अनधिकृत रुपमा बरपिपलका रुख काट्नेलाई कानूनको दायरामा ल्याइने बताए। पोखरा महानगरपालिकाको महानगरीय प्रहरी बलका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थापाले मानव सेवा फाउन्डेशनले महानगरसँग स्वीकृति नलिई पोखरा १४, १३ र ६ मा बरपिपलका रुख काटेर थुपारेकाले जफत गरिएको जानकारी दिए।
बिएल संवाददाता - पोखरा