बिएल संवाददाता
राइस कुकर मर्मत गर्न कोठामा बोलाएर युवकलाई हनी ट्र्यापमा फसाएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन्। उनलाई माघ २२ गते कुलेश्वरबाटै प्रक्राउ गरिएको प्रहरीले जनायो।
अस्मिताले राइस कुकर बनाउने बहानामा पटक-पटक मोबाईलमा सम्पर्क गरी युवकलाई कोठामा बोलाएकी थिइन्।
कोठामा आएपछि माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु र प्रहरी तथा परिवारमा समेत भनिदिन्छु भन्दै धाक धम्की, डर र त्रास देखाइ रकम असुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
अस्मिताले पीडित युवकसँग १० लाख रुपैयाँ माग गरेकी थिइन्। जसमध्ये तीन लाखको चेकसमेत लिएकी थिइन् भने बाँकी सात लाख एकहप्ताभित्र बुझाउन सहमति गराएकी थिइन्।
पक्राउ परेकी अस्मितालाई आपराधिक लाभसम्बन्धी मुद्दामा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया