काठमाडौं तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको चलचित्र ‘कुस्ती’को इन्डक्ल्याप गरिएको छ।
छायाङ्कनको ३९औं दिनमा गीत बाहेकका दृश्य सकेर ‘इन्डक्ल्याप’ गरिएको निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिए। प्रेम गरेता पनि स्वभाव भिन्नताले एकसाथ रहन सङ्घर्ष गर्न बाध्य जोडीको कथालाई फिल्ममा दर्शकले देख्न पाउने निर्देशक योञ्जनले बताए।
उनले भने, ‘कुस्ती एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने मनका भावनाहरूको मधुर यात्रा हो। भावनात्मकतासँगै हास्यरसले भरिएको यो फिल्म प्रेम कथानक कमेडी ड्रामा हो।’
निर्देशक योञ्जनले निर्धारित सेयुल अनुसार नै फिल्मको छायाङ्कन सकिनुमा यसमा संलग्न कलाकार र प्राविधिकको कार्यकौशलता महत्वपूर्ण रहेको बताए। छायाङ्कन अगावै सार्वजनिक थिम पोस्टरका कारण चर्चामा रहेको फिल्ममा अभिनेता धीरज मगर, मिरुना मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधर, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय छ।
बिएल संवाददाता
- काठमाडौं