महेश चौलागाईं
                                कर्णालीको उचाई र जुम्लाली संस्कृतिको गहिराइलाई पहिलोपटक राष्ट्रिय स्तरमा गुञ्जाउने प्रयास सुरु भएको छ।
नेपाली भाषाको उद्गमस्थल जुम्लामा ‘जुम्ला आइडल’ आयोजना हुँदैछ, जसमा झ्याउरे भाका, देउडा, लोकसंगीत, परम्परागत नृत्य र भेषभूषाले मञ्च रंगिनेछन्।
कार्यक्रम ‘जुम्ला आइडल— डान्सिङ एन्ड सिंगिङ’ भदौ र असोज महिनामा खलंगामा हुनेछ। आयोजक टिमका तुलराज गिरीका अनुसार, जुम्लाको दुर्गम भौगोलिक अवस्था र सीमित अवसरका बाबजुद यहाँका युवामा लुकेका प्रतिभा अद्भुत छन्।
‘हाम्रो लक्ष्य गाउँ–गाउँको स्वर र नृत्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु हो,’ उनले भने।
कार्यक्रम आयोजनाका लागि करिब २० लाख लागत लाग्ने अनुमान गरिएको छ र कर्णालीका संघसंस्था, समाजसेवी, व्यवसायी तथा शुभेच्छुकसँग सहयोगको अपेक्षा गरिएको छ।
विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
आइतबारदेखि आवेदन खुल्ने र प्रतियोगिता खलंगामै सम्पन्न हुने आरकेबी इन्टरटेन्मेन्ट हाउसका निर्देशक राजकुमार वैश्यले जानकारी दिए।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया